१८ पौष २०८१, बिहिबार

Sonaha Bikash Samaj

थारु तथा सोनाहा जातीको बाहुल्यता, बसोबास रहेको मुरगहवा गाँउ राजापुर नगरपालिका वडा नं.१ बर्दियामा अवस्थित रहेको छ । प्राकृतिक, तथा वातावरणिय सुन्दरता रहेको यो क्षेत्र टिकापुर पार्क को नजिकै तथा कर्णालि तटिय क्षेत्रमा अवस्थित छ ।। जलिय जीव, जंगली जीव, साथै बिभिन्न प्राकृति सम्पदाको रहेको त्यस क्षेत्रमा पर्यटकिय क्षेत्रको विकास गरि स्थानिय स्रोत साधनको संरक्षण र प्रयोगबाट सोनाहा तथा थारु जातीको आय आर्जनको बैकल्पीक पाटोको रुपमा सहकारीमा आबद्ध सदस्यहरुलाई सामुहिक रुपमा एकता बद्ध भई स्थानिय संस्कृति संरक्षण गर्दै थारु तथा सोनाहाजातीको सहभागितामामिति २०७५ माघ २९ गतेकादिनयो होम स्टे समउद्घाटन भइ सुचारु भएको थियो । भने मिति २०७६ सालअसोज ५ गतेकादिन राजापुर नगरपालिकामादर्ता भइआधिकारिक रुपमासंचालनमाआएको हो । हालहोमस्टेमाजम्मा २२जनाघर परिवारका सदस्यहरुद्धारा होमस्टे समितिमा बचत संकलनगर्दै आबद्ध रहेका छन् । जस अन्तर्गतबाट हाल ८ जना घरपरिवारबाट होमस्टे संचालनभएको छ ।
थारु तथासोनाहासामुदायिकहोमस्टेको बर्तमानकोषाअध्यक्षश्री पार्बती सोनाहाज्युले बिगतकादिनबारे भन्नु भयो……“होमस्टे संचानलभन्दापहिले सोनाहाजातीका सदस्यहरु आफ्नो परम्परागत पेशा माछा मार्ने र सुन चाल्ने कामगरि जिविकोपार्जनको कामगर्ने गदर्थे ।साथै अन्य केही सदस्यभने दैनिकमजदुरी र कृषि खेतीपातीको काममा आबद्ध थिए । त्यस बेलामहिलाहरु त्यस काम संगै घरको चुल्हाचौकामामात्रै सिमितथिए । घरकाजिकामले गर्दा आफनो मौलिक साँस्कृतिकनाँचगानपनि बिर्सन लागेको अवस्थाआइपुगेको थियो । सोनाहाजातीको बारेमाबिभिन्न अनुसन्धानकर्मीहरु आउने गर्थे, रातबास बस्ने गर्दथे । र त्यस बेलाहोमस्टे संचालननभएकाले बास र खानाकालागिअसहजहुँने गरेको थियो ।होमस्टे संचालननभएको बेला त्यस सामुदायमाथारु र सोनाहाजातीमाएकतातथा सद्भावको कमिथियो । महिलाहरुको दिनचर्या सानोतिनो घरको काममामात्रै बित्ने गर्दथ्यो ।जसले गर्दा हाम्रो मुरगहवागाँउकामहिलादिदीबहिनीहरु धेरै पछाडी परेको महसुुस हुन्थ्यो ।’’
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा मुरगहवा गाँउका असल कृषि सहकारी संस्था र सनौटा कृषि सहकारी संस्था का १९ जना सदस्यहरुलाई बर्दिया जिल्लामा रहेको डल्लासामुदायिक होमस्टेमा अवलोकन सहित होमस्टे संचालन सम्बन्धि तालिम गराइएको थियो ।जसबाट उत्पे्ररित भएर सुरवातमा ८ वटा घरबाट होमस्टे उद्घाटन गरी संचालनमा गर्दै आएका छन । जसकोलागि बर्दिया सामुदायिक विकास परियोनाबाट उद्घाटन कार्यक्रम गर्नकोलागि साथै नमुना सरसफाई टोल घोषणा गर्नकोलागि सन् २०१८ मारु. १३७,८५४ रकम को सामाग्री तथा आर्थिक सहयोगसाथैराजापुर नगरपालिका वडा नं.१ को कार्यालयबाट ८ वटा होमस्टे संचालन घरलाई रकम रु.५०,००० को फर्निचर (बेड) सहयोग र होमस्टेको स्वयम् लगानी रकम रु.४८०,००० मा होमस्टे संचालनमा आएको थियो ।त्यस पश्चात होमस्टेका सदस्यहरुलाई थप जानकारी तथा सिकाइकोलागि बर्दिया सामुदायिक विकास परियोजना मार्फत सन् २०१९ मा होमस्टे संचालन भएका अन्य जिल्ला मा भ्रमणका लागि लगिएको थियो । होमस्टे प्रबद्र्धनका लागि परियोजना मार्फत राजापुर नगरपालिका संग समन्वय भए बमोजिम सन् २०१९ मा रु.२००,०००(अक्षरुपी दुइ लाख) बराबरको साँस्कृतिक सामाग्री खरिदकोलागि आर्थिक सहयोग भएको थियो । यसको साथै होमस्टेमा बिभिन्न तालिम, सभा, गोष्ठी संचालन गर्नको र साँस्कृतिक सामाग्री प्रदर्शन गर्नकोलागि होमस्टे संग्रहालय तथा तालिम हल भवन निर्माणकोलागि बर्दिया सामुदायिक विकास परियोजनाको रु.८००,०००(आठ लाख) र होमस्टेको रु.११,०७,४०६लगानी गर्ने गरी भवन निर्माणको कार्य भइरहेकोछ ।
थारु तथा सोनाहाआदीबासीजातीहरुको सहभागितामा संचालनमाआएको होमस्टेमाप्रत्यक्ष रुपमा ८ घर परिवारका सदस्यहरुले नियममित रुपमाआन्तरिक तथाबाह्य पाहुनाहरुलाई हेर्दै आएकाछन् । जसबाट प्रत्यक्ष रुपमाआम्दानीगर्दै आएका छन् । साथै होमस्टेकाअन्य साधारण सदस्यले तत्कालहोमस्टे घर बनाउननसके पनि धेरै संख्यामाआएकापाहुनाहरुलाई र बिभिन्नकार्यक्रम संचालनभएकादिन सबैले मिलेर खाना, नास्ताखुवाउने र साँकृतिकनाँचगान देखाउने काममा सहभागीभएर प्रत्यक्षतथाअप्रत्यक्ष रुपमाआम्दानी गरी लाभाम्बीत भएकाछन् ।
हाल सम्महोमस्टेमाआन्तरिक (नेपालको क्रमशः काठमाण्डौँ,चितवन,बुटवल,दाङ्ग,सुर्खेत,बाँके,डोटी,कैलाली र कञ्चनपुर–७४६) र बाह्य (बिदेशबाट क्रमशःक्यानडा–२, चीन–६,जापान–२,कोरिया–२,भारत–२) गरि जम्मा७६०जनापाहुनाको आवगमनभइ सकेकोछ ।
हाल सम्म त्यस सामुदायिकहोमस्टेमाखाना÷खाजा बाट रु.६४५,६२०,बास(कोठा भाडा) बाट रु.२५,०००,नाँचगानबाट रु.५०,०००, अन्य (स्थानिय सामाग्रीबिक्रि) बाट रु.२००० गरी सब जम्मारु.७२२,६२० बराबरको आर्थिक कारोबार तथाआम्दानीभइ सकेकोछ । जुन आम्दानीबाट होमस्टेका सदस्यहरुलाईआफ्नो घर खर्च चलाउन र छोराछोरीलाई पढाउनमा सहयोग पुगेकोछ ।
यो आर्थिक आम्दानीभन्दाबाहेक होमस्टे संचालनभएर अन्यपनिफाइदाभएको बताउछिन् –होमस्टेको अध्यक्षश्री इन्द्रा देवीचौधरी“हाम्रो गाँउमाहोमस्टे संचालनभएर धेरै नै सोनाहा र थारु जातीबीचबिगतभन्दा राम्रो एकता, सम्बन्ध, सद्भाव बढेकोछ । लोप हुनलागेको सँस्कृति संरक्षणमा पनि सहयोग पुगेकोछ । र घरको कार्यमामात्रै समितिमहिलादिदीबहिनीहरुले होमस्टे संचालन गरी घरको कामगर्ने संगै पाहुनाहरुलाई रेखदेख गरी आम्दानीभई रोजगारीको सृजनाभएकोछ । साथै बिभिन्नउच्चओहोदाकाब्यक्तिहरु(मन्त्रीहरु),ब्यापारीहरु, कलाकारहरुको आवगमनबाट ले परिचितहुने मौकामिलेकोछ ।”
होमस्टेको भावी योजनाबारे “होमस्टेको नियमित संचालनतथाब्यवस्थापनकोलागिहोमस्टेले सामुहिक रुपमाआर्थिक हिसाबकिताब (लेखाजोखा) चुस्तदुरुस्त राख्दै जान,े सबै सदस्यमापारदर्शी रहने, र नेपालले मनाउनथालेको सन् २०२० को पर्यटन बर्ष भित्रमाहोमस्टे का सबै सदस्यहरुको होमस्टे घर संचालनमाल्याउने, कर्णालीनदिमा ¥याप्टीङ्गको ब्यवस्थागर्ने, प्रत्येक घरमा इन्टरनेट जडान गरी सेवाबिस्तार गर्ने, बच्चाहरुको लागिपार्क बनाउने साथै होमस्टे गाँउलाई नमुनागाँउको रुपमाविकास गर्दै जाने योजना रहेको होमस्टेको सचिवश्री सुरज थारु ले भन्नु भयो ।”

Social Media

Contact

Sonaha Bikash Samaj
Address : Rajapur Municipality-1, Himalipur, Bardiya Nepal
Phone : +977 9864877650 / 9814592412
Email : [email protected]

Location