१८ पौष २०८१, बिहिबार

Sonaha Bikash Samaj

राजापुर, बर्दिया १७ गते बुधबार

हाल पुरै विश्व भरि काेराेना महामारीले गर्दा सबै देशले लकडाउन गरेकाे अवस्था छ । जसले गर्दा बजार, हाेटल जस्ता व्यवसाय बन्द रहेकाेछ। यस बेला ग्रामीण क्षेत्रका किसानहरुकाे कृषि तथा दुग्ध जन्य उत्पादनकाेे बजारकाे समस्या उत्पन्न भएकाे छ । कृषकहरुकाे उत्पादन तथा आम्दानीलाई मध्यनजर गरि राजापुर नगरपालिका वडा नं.-१, दाैलतपुर बर्दियामा अवस्थित श्री असल कृषि सहकारी संस्था लिमिटेडले आफ्नो कृषकहरुको दुग्ध उत्पादनलाई खेर जान नदिने उद्वेश्यले समाजिक  दुरी कायम गर्दै नियमित रूपमा दुग्ध संकलनको काम गर्दै आएको छ ।

लकडाउनले गर्दा अन्य दुग्ध संकलक कर्ताहरुबाट दूध संकलन नगर्दा  किसानहरु चिन्तित भएका थिए । तर असल कृषि सहकारीले काेराेना बाट बच्ने सुरक्षाकाे उपाय अपनाउदै समाजिक दुरी कायम गर्दै सुरक्षित  तरिका ले दुुुग्ध संंकलन गर्दा त्यस क्षेत्रका किसानहरुलाई दुधकाे बजार काे समस्या परेकाे छैन ।  लकडाउन भन्दा पहिले १८ जना कृषकहरुबाट दैनिक ४५ लिटर सम्म दूध संकलन हुने गरेकाे र  हाल ३८  जना  कृषकहरुबाट दैनिक ९५ लिटर दूध संंकलन भइरहेकाे छ । र हरेेक  दिन दुुध  दिने  नयाँ कृषकहरुकाे संख्यामा  बृद्वि भईरहेकाे   ।

सहकारीले संकलन गरिएकाे दूध राजापुरमा पठाउने गरेकाे छ, र बाँकी रहन गएकाे केही दूधबाट घ्यू, पनिर, दहि जस्ता परिकार बनाई  बिक्री गरि रहेको छ ।

जसले गर्दा यस क्षेत्रका किसानहरुकाे दूध खेर जानबाट जाेगिएकाे छ र किसानले आफ्नो पशुकाे दुधबाट नियमित आम्दानी गर्न पाएका छन् ।

असल कृषि सहकारीको दुग्ध संकलन केन्द्र स्थापनाको लागि गुडनेवर्स ईन्टरनेशनल नेपाल (GNI) को आर्थिक तथा प्राबिधिक सहयोग र सोनाहा विकास समाज काे सहयाेगमा सन् २०१८ मा सहयोग भइ संचालनमा आएको हो।

Social Media

Contact

Sonaha Bikash Samaj
Address : Rajapur Municipality-1, Himalipur, Bardiya Nepal
Phone : +977 9864877650 / 9814592412
Email : [email protected]

Location